मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एनएएचको आयोजनामा ह्युस्टनमा रक्तदान कार्यक्रम

एनएएचको आयोजनामा ह्युस्टनमा रक्तदान कार्यक्रम


शेयर गर्नुहोस:

621
Shares

  • change font
  • change font
  • change font

ह्युस्टन, टेक्सस – नेप्लिज एशोसिएसन अफ ह्युस्टन (एनएएच) को आयोजना र गल्फकोष्ट रिजनल ब्लड सेन्टर, ह्युस्टनको सहयोगमा गत आइतवार रिचमण्ड स्थित श्री पशुपतिनाथ मन्दिर परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। २९ जना रक्तदाताहरुबाट ३२ युनिट रगत संकलन भएको एनएएचको तर्फबाट रक्तदान कार्यक्रम संयोजन गरेका पूर्व अध्यक्ष ज्योति घिमिरेले हिमालय खबरलाई जानकारी गराएका छन्।  घिमिरेका अनुसार १० जना रक्तदाताहरुले पहिलोपटक रक्तदान गरेका थिए। घिमिरे आफैंले आइतवार ६५ औं पटक रक्तदान गरेका थिए भने अन्जली जैन सबभन्दा वयस्क रक्तदान थिइन्।

 
नेपालमा धेरै पहिले रक्तदान गरेको भएपनि अमेरिका आएपछि पहिलो पटक रक्तदान गरेका बाल गोर्खाली पशुपति मन्दिर परिसरमा रक्तदान गर्न पाएकोमा निकै खुसी देखिन्थे। पहिलो पटक रक्तदान गरेका रविन भट्टराईलाई भने शुरुमा रक्तदान गर्ने आँट आएको थिएन। संगै आएका साथीहरु प्रशान्त र सौगातले रगत दिएपछि उनलाई पनि रक्तदान गर्न उत्साह लागेर रक्तदानमा सहभागी भएको बताए।

Advertisement
प्राय वर्षको दुइपटक रक्तदान कार्यक्रम आयोजना गर्ने एनएएचले यस अघि गत मार्च महिनामा समेत रक्तदान कार्यक्रम गरिसकेको छ।

शेयर गर्नुहोस:

621
Shares