मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली समाज टेक्सास द्वारा संचालित साँस्कृतिक तथा आध्यात्मिक समर क्याम्प आजबाट शुरु

नेपाली समाज टेक्सास द्वारा संचालित साँस्कृतिक तथा आध्यात्मिक समर क्याम्प आजबाट शुरु


शेयर गर्नुहोस:

4.5k
Shares

  • change font
  • change font
  • change font

टेक्सास । नेपाली समाज टेक्सासले संचालन गर्दै आएको स्कूलको साँस्कृतिक तथा आध्यात्मिक क्याम्प आजबाट शुरु हुदैछ। क्याम्पमा डा. चिन्तामणि योगी गुरुद्वारा साँस्कृतिक तथा आध्यात्मिक कुराहरु बाल-बालिकाहरुलाई प्रशिक्षण गरिने छ भने त्यसका आलावा भोजराज बलायर, कृति योगी गिरी र सम्राट योगीले नेपाल र नेपाली संस्कृतिमा रहेर ज्ञान बर्धक गेमहरु खेलाइने गरि कक्षा डिजाइन गरिएको जानकारी स्कूल द्वारा आयोजित फेसबुक लाइभ मार्फत गराइएको छ। 
 
स्कूलका प्रिन्सिपल ई. विजयराज भट्टराईले दिनुभएको जानकारी अनुसार आज साँझ ६ बजे सम्म भर्ना खुल्ला राखिएको छ। गतवर्ष पनि अनलाइन प्रविधिबाट पढाइएको यी कक्षाहरु निकै उपलब्धीमूलक रहेको फीडब्याक अभिभावकहरु बाट पाएको र स्कूल अझ ब्यबस्थित बनाउन स्कूल कमिटि अझ मेहनत गरिरहेको र परिमार्जित कन्टेन्ट राखिएको जानकारी प्रिन्सिपल भट्टराईले  दिनुभयो। 


समर क्याम्पका कक्षाहरु सोमवार, मंगलवार, बुधवार, बिहीबार र शुक्रवार साँझ ६:३० देखि ८:३० सम्म संचालन गरिने छ।  यो दुई हप्ताको क्याम्प हुनेछ।  आजबाट शुरुहुने डा. चिन्तामणि योगी गुरुद्वारा गराइने साँस्कृतिक तथा आध्यात्मिक क्याम्पको कोअर्डिनेटरमा नेपाली समाज टेक्सासका महासचिव भानु खरेल तथा स्कूल कोर्डिनेटर भोजबहादुर बलायर हुनुहुन्छ। 
 
यो क्याम्प एनसीएससी सँगको सहकार्यमा संचालन हुन लागेको हो। यो स्कूल कसरी जोइन गर्ने भन्ने बिष्तृत जानकारी सम्पूर्ण भर्ना भएका बिध्यार्थीहरुलाई इमेल मार्फत गराइसकेको जानकारी स्कूलको आधिकारिक फेसबुक पेजमा जनाइएको छ।  भर्ना हुन् तलको लिंकमा क्लिक गर्नुहोस। 

Advertisement
Please click the link for admission: http://nstschool.org/register

शेयर गर्नुहोस:

4.5k
Shares