अमेरिका – शनिवार राती एनबीसीको कार्यक्रममा विश्वकै सवैभन्दा धनी एलन मक्सले डोज क्वाइनको वारेमा आमासंग जोक गरे । एलन कि आमाले भनिन आइतवार मदर डेका दिन मलाई एलनले के उपहार दिन्छन भन्नेमा उत्सुक छु तर, डोज क्वाइन दिउन भन्ने चाहन्न ।
तर, एलनले भने, म त्यही गर्छु ।
यो आमा छोराको संवाद थियो । तर, यसले डोज क्वाइनको मूल्य भने तल झर्यो । माथि चढ्ला र वढ्ला भनेर वसेका थुप्रै बजारको प्रतिकृयाले निराश भए । म एक डलर भएपछि वेच्ने योजनामा थिएं शनिवार रातीवाट बढ्छ भन्ने ठुलो आश थियो खत्तम भयो एक जना झण्डै १७ हजार डोज क्वाइन भएका नेपालीको यस्तो प्रतिकृया थियो । शनिवार राती यता डोच क्वाइनले झण्डै २५ प्रतिशत मूल्य गुमायो । ती नेपालीले कागजी मूल्यमा तीन हजार डलर जति गुमाए ।
यो कागजी मूल्य हो यस्तो भईरहन्छ फेरी वढ्न पनि सक्छ बजार हो । कति जोखिम लिने व्यक्तिगत कुरा हो ।
डोज क्वाइन जनवरी यता मात्र १२०० प्रतिशतले बढेको छ । शेयर किनेबेच गर्ने अनलाइन रविनहुडमा अरुले जस्तै सयौं नेपालीले समेत डोच क्वाइनमा पैसा लगाएका छन् । त्यो त (एलन ) लगानीकर्ताका लागि डेन्चर मान्छे छ बेला बेलामा विरोधाभासपुर्ण प्रतिकृया दिन्छ त्यसैले मूल्य तल माथि हुन्छ वासुदेब घिमिरेले भने ।
शनिवार क्रिप्टोकरेन्सीका वारेमा मक्सका आमा छोराको मात्र जोक्समा सिमित रहेन । बैंक अफ इंल्याण्डका गभर्नरले शनिवार भनिदिए क्रिप्टोकरेन्सीको खास मूल्य छैन, जसले लगानी गरेका छन् आफ्नो सवै पैसा गुमाउन तयार भए हुन्छ ।
मार्च २०२० देखि बैंक अफ इंल्याण्डको गभर्नर पद सम्हालेका एन्ड्रु बेलि यतिमा मात्र रोकिएनन् । म सिधा शव्दमा फेरी भन्छु यदी सवै पैसा वा लगानी गुमाउन तयार छौ भने त्यो ( क्रिप्टोकरेन्सी) किन उनले भने । क्रिप्टोकरेन्सीको मुल्य बढिरहेका वेला उनले यस्तो प्रतिकृया दिएका हुन् ।
क्रिप्टोकरेन्सीमा विटक्वाइनको भाउ एउटाको ६० हजार डलरसम्म पुगेको थियो । अहिले केही झरेको छ । टेस्लाका प्रमुख एलनको विरोधाभास पुर्ण प्रतिकृयाले क्रिप्टोकरेन्सीको मूल्य वढ्न सहयोग गरेको थियो ।
नेपालमा क्रिप्टोकरेन्सी किनवेच वन्देज छ । तर, विदेशमा वस्ने नेपाली भने क्रिप्टोकसेन्सी प्रति आकर्षित भईरहेका छन् । नेपालको राष्ट्र बैंकले क्रिप्टोकरेन्सी किनवेचमा किन वन्देज लगाएको छ यसको कुनै लजिक छैन घिमिरेले भने । नेपालीलाई मुर्ख ठानेर पैसा कमाउन रोकेको छ उनले थपे ।
क्रिप्टोकरेन्सीको पैसा रुपैंया जस्तो कुनै भौतिक अस्तित्व छैन । यो इलेक्ट्रोनिक माध्यमद्धारा कम्प्यूटरमा मात्र अस्तित्व रहेको पैसा हो । कतिले विट्क्वाइनलाई पैसाका रुपमा स्विकार्छन । विट्क्वाइन, डोज जस्तै कयौं क्रिप्टोकरेन्सी छन् ।
अमेरिकाका कयौं स्टोर वा ग्यांस स्टेशनमा विटक्वाइन मिन्टिगं स्टेशन देखिन्छन् । जहांवाट विट्क्वाइनको कारोबार गर्न पाइन्छ ।
प्रतिक्रिया