मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्युयोर्कका गभर्नर कुमोमाथी कोभिडका मृतकको तथ्यांक लुकाएको आरोप

न्युयोर्कका गभर्नर कुमोमाथी कोभिडका मृतकको तथ्यांक लुकाएको आरोप

शेयर गर्नुहोस:

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क – नर्सिङ होममा मृत्यु भएकाको सहि तथ्यांक बाहिर ल्याउन न्युयोर्कको अदालतले राज्य सरकारलाई आदेश दिएको छ। 
 
न्युयोर्कका न्यायाधीशले राज्यको स्वास्थ्य विभागको नाममा बुधबार आदेश जारी गर्दै कोरोना भाइरसबाट न्युयोर्कको नर्सिङ होममा मृत्यु भएकाको यकिन तथ्यांक बझाउन आदेश दिएको हो ।
 
गत मार्च अप्रिलमा न्युयोर्क कोभिड १९को इपिसेन्टर बनेको बेला अस्पतालको चाप कम गर्न गभर्नर कुमोले कोरोना भाइरसका बिरामीलाई नर्सिङ होममा राख्न निर्देशन दिएका थिए । नर्सिङ होममा कोरोना संक्रमितहरुलाई राखेका कारण संक्रमण बृद्धबृदाहरुमा फैलिन गएका कारण धेरैको मृत्यु भएको दावी गरिएको छ । 
 
गभर्नरको गलत आदेशका कारण नर्सिङ होममा मृतकहरुको संख्या धेरै भएको आरोप कुमोका विपक्षिहरुले लगाउदै आएका छन । विशेषगरी रिपव्लिकनहरुले नर्सिङ होममा कोभिडका बिरामीहरुलाई लैजान आदेश दिएर गभर्नर कुमोले गल्ती गरेको आरोप लगाउदै आएका छन ।
 
स्टेट सिनेटर जिम टेडिस्कोले ( रिपव्लिकन ) नर्सिङ होममा कोभिडका कारण मृत्यु भएकाहरुको तथ्यांक लुकाएको भन्दै राज्य सरकार तथा स्वास्थ्य विभाग विरुद्ध उजुरी गरेका थिए । उनको उजुरी उपर सुनुवाइ गर्दै राज्य अदालतले स्वास्थ्य विभागलाई नर्सिङ होममा कोभिडका कारण मृत्यु हुनेको यकिन तथ्यांक सार्वजनिक गर्न आदेश दिएको हो । 
नसिंङ होममा मृत्यु हुनेहरुको तथ्यांक नदिएर सूचनाको हकको हनन भएको भन्दै टेडिस्कोले गत अगष्टमा नै उजुरी दिएका थिए । कोभिड १९ को इपिसेन्टरका बेला न्युयोर्कका गभर्नर एण्ड्रयु कुमोले प्रभावकारी काम गरीरहेको भन्दै प्रसंसा भइरहेका बेला नर्सिङ होमको मुद्धाले कुमोको लोकप्रियतामा कमी आउन सक्ने भन्दै विपक्षिहरुले खेल खेलेपनि डेमोक्रयाट गभर्नर कुमोको गल्ती नभएको उनका समर्थकहरुले दावी गरिरहेका छन । 
 
डेमोक्रयाटहरुको दावी अनुसार गभर्नर कुमोको लोकप्रीयता देखि डराएर रिपव्लिकनहरुले सस्तो राजनीतिक खेल खेलीरहेका छन, कुमोलाई दोषी ठहर गर्न सक्दैन ।
 
अर्को तर्फ न्युयोर्क राज्यको स्वास्थ्य विभागले राज्यले नियमति रुपमा स्वास्थ्य अवस्था तथा मृतकको तथ्यांक
अद्यावधिक गर्ने जनाएको छ । गत मार्च अप्रिलमा न्युयोर्क कोभिड १९ को इपिसेन्टर हुंदा झण्डै २५ हजार बढिले ज्यान गुमाएका थिए भने जसमध्ये आधजसो मृत्यु नर्सिङ होममा भएको दावी गरिएको छ ।