मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मेरिल्याण्डमा बैंक लुट्दै गर्दा सम्राट लामा गिरफ्तार

मेरिल्याण्डमा बैंक लुट्दै गर्दा सम्राट लामा गिरफ्तार


शेयर गर्नुहोस:

28.5k
Shares

  • change font
  • change font
  • change font

मेरिका– मेरिल्याण्ड राज्यको मन्टोमेरी काउण्टी स्थित गिर्थरबर्ग प्रहरी विभागले करिव ३० बर्षका सम्राट लामालाई बैंक लुट्दै गर्दा पक्राउ गरेको छ । 

हतियार सहित बैक डकैती गर्ने क्रममा लामा पक्राउ परेको प्रहरीलाई उदृत गर्दै स्थानिय संचारमाध्यमले जनाएको छ । डकैतीमा पक्राउ परेका लामा कहां वस्थे भन्ने खुलाईएको छैन । 

Advertisement

गत मंगलवार करिव १० बजे विहान ६०७ नर्थ फेड्रिकमा रहेको वाल्स फार्गो बैंक कर्मचारीले ९११ आपतकालिन नम्बरमा फोन मार्फत बैंकमा डकैती भएको जानकारी दिएका थिए । 

जानकारी पाएको करिव दुई मिनेटमा प्रहरी पुगेर लामालाई पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार बचत खाता खोल्न आएको भन्दै लामा बैंकमा प्रवेश गरेका थिए । बैंक कर्मचारी संग कुराकानीकै क्रममा उनले आफ्नो किताव बोक्ने झोलाबाट चक्कु निकाली ति कर्मचारीलाई त्रर्साएका थिए । 

त्यसपछि उनले काउन्टरका कर्मचारीसंग फोहोर फाल्ने प्लाष्टिकको झोलामा पैसा हाल्न लगाएका थिए । यो पैसा उनले आफ्नो झोलामा कोचेका थिए । यतिले नपुगेर लामा ड्राइभ थु्रु काउण्टरमा समेत गएर पैसा लुटेका थिए । यसरी  लुटेर बैंक लवि तिर आउंदै गर्दा प्रहरीको फेला परेका हुन् । 

उनलाई प्रहरीले हातहतियार सहित डकैतीमा संलग्न रहेको आरोपमा हिरासतमा राखेको छ । तस्बिर: सामाजिक संजाल 

शेयर गर्नुहोस:

28.5k
Shares