मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना संक्रमितको संख्या विश्वभर दुई करोड ५२ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या विश्वभर दुई करोड ५२ लाख नाघ्यो


शेयर गर्नुहोस:

486
Shares

  • change font
  • change font
  • change font

मेरिल्याण्ड । कोरोना भाइरसबाट विश्वभर सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ५२ लाख नाघेको छ । 

जोन हकिङ्गस् विश्वविद्यालयले आइतबार दिएको जानकारीअनुसार विश्वभर कुल सङ्क्रमितको संख्या दुई करोड ५२ लाख २९ हजार ९३२ पुगेको हो । 

कुल सङ्क्रमितमध्ये आठ लाख ४७ हजार ७०६ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । 

मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी सङ्क्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै रहेका छन् ।

पछिल्लो विवरणअनुसार अमेरिकामा ६१ लाख ४१ हजार ७४२ जना सङ्क्रमित भएका छन् भने एक लाख ८६ हजार ८८३ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना सङ्क्रमित हुँदा एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ ।

त्यस बाहेक धेरै सङ्क्रमित भएका देशहरुमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ । (एनएनआई/सिन्ह्वा)

शेयर गर्नुहोस:

486
Shares