बिश्व घटना

कोरोना संक्रमितको संख्या विश्वभर दुई करोड ५२ लाख नाघ्यो

कोरोना संक्रमितको संख्या विश्वभर दुई करोड ५२ लाख नाघ्यो


शेयर गर्नुहोस:

486
Shares

  • change font
  • change font

मेरिल्याण्ड । कोरोना भाइरसबाट विश्वभर सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ५२ लाख नाघेको छ । 

जोन हकिङ्गस् विश्वविद्यालयले आइतबार दिएको जानकारीअनुसार विश्वभर कुल सङ्क्रमितको संख्या दुई करोड ५२ लाख २९ हजार ९३२ पुगेको हो । 

Advertisement

कुल सङ्क्रमितमध्ये आठ लाख ४७ हजार ७०६ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । 

मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी सङ्क्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै रहेका छन् ।

पछिल्लो विवरणअनुसार अमेरिकामा ६१ लाख ४१ हजार ७४२ जना सङ्क्रमित भएका छन् भने एक लाख ८६ हजार ८८३ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना सङ्क्रमित हुँदा एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ ।

त्यस बाहेक धेरै सङ्क्रमित भएका देशहरुमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ । (एनएनआई/सिन्ह्वा)