टेक्सस (अमेरिका) – ड्यालस एभरेष्ट लायन्स क्लबले बार्षिक कार्यक्रम अनुसार आइतबार ड्यालसमा प्रतियोगितात्मक कवि सम्मेलन सम्पन्न गरेको छ ।
कार्यक्रममा कवि तथा कवयित्रीहरुले आफ्नो प्रतियोगी र अप्रतियोगी कविता वाचन गरेका थिए ।
क्लबकी अध्यक्ष डा. विष्णुमाया उपाध्यायको सभापतित्वमा भएको कार्यक्रममा धनञ्जय ढकाल, बाल जोशी, बासुदेव भण्डारी, दिनेश शर्मा, अशोक शर्मा, प्रकाश पाण्डे लगायतले कविता सुनाएका थिए । प्रतियोगितामा डा. युवराज भट्टराई र मणिराज धिमाल निर्णायक थिए ।
लायन्स क्लबले सामाजीक कृयाकलापका अतिरिक्त सदस्य तथा समुदायको व्यक्तित्व र क्षमता बढाउन अनेकन रचनात्मक कृयाकलापहरु गर्दै आएको छ ।













प्रतिक्रिया