अध्यक्षज्यू, महामहिमहरु, भद्रमहिला तथा सज्जनवृन्द ! सर्वप्रथम, जलवायु परिवर्तनसम्बन्धी पक्षराष्ट्रहरुको २९ औं सम्मेलन आयोजना गरेकोमा गणतन्त्र अजरबैजानलाई हार्दिक धन्यवाद ! अध्यक्षज्यू, १) म आज जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी हुन आएको छु। २) नगन्य कार्बन उत्सर्जन गर्ने तर व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेको छ। नेपाल अहिले पनि जलवायुजन्य…