सिड्नी । अनुसन्धानकर्ताहरूको एक अन्तर्राष्ट्रिय टोलीले करिब दुई अर्ब वर्षअघिदेखि पृथ्वीको वायुमण्डल कसरी अक्सिजन–कम अवस्थाबाट अक्सिजन–धनी अवस्थातर्फ परिवर्तन भयो भन्ने विषयमा नयाँ जानकारी सार्वजनिक गरेको छ । प्राचीन सल्फेट खनिजहरूमा संरक्षित उच्च–रिजोलुसन अक्सिजन आइसोटोप रेकर्डहरूको विश्लेषणमार्फत टोलीले वायुमण्डलीय अक्सिजनको वृद्धिसँग महासागरहरूको गतिशील अन्तरक्रिया पुनर्निर्माण गरेको वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालय (युडब्लुए) ले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख…