साल त बि.सं. २०५९ हो। गते याद भएन, शुक्रवारको दिन थियो। हरेक बिहीवारको दिन अपरान्ह प्रधानमन्त्री र राजाका बीच भेट हुने नियमितता थियो। यसको भोलीपल्टको कुरा हो।प्रधानमन्त्री शेरबहादुर देउवाको बोलाहटमा हामी केही मन्त्रीहरू बालुवाटार पुगेका थियौँ। खुमबहादुर खडका, चिरञ्जीवि वाग्ले, विजय गच्छदार, बलबहादुर केसी र म, पूर्णबहादुर खडका पनि आइपुग्नुभएको थियो । हातको औंलामा लाउनु…