काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो पार्टी नेकपा एमालेले सामाजिक सञ्जालमा भाँडभैलो गरेर उग्र बन्न नसिकाउने बताएकी छिन् । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौँको भृकुटीमण्डपमा आयोजित युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । सम्बोधनको क्रममा उपप्रमुख डंगोलले आफूलाई एमाले मन पर्नुको कारण खुलाएकी थिइन् । ‘एमालेले कसैको घर जलाउन सिकाउँदैन…