कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तलाई न्यायको माग गर्दै गत आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअगाडि धर्नामा बसेका बाबु र आमा बिरामी परेका छन् । चिसोका कारण निर्मलाका बाबु यज्ञराजलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको बताइएको छ । आमा दुर्गादेवीको पनि स्वास्थ्य अवस्था कमजोर भएको परिवारका सदस्यहरुले बताएका छन् । उनीहरु धर्नामा बसेको…