काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय सदस्यमा मनोनित छक्कबहादुर लामालाई शपथ ग्रहण गराउँदै उनले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको बताए । “प्रधानमन्त्री, सभामुख, मन्त्री, मुख्यमन्त्री…