काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई उत्कर्ष लगेरमात्रै मर्ने चाहना रहेको बताएका छन् । कार्लमाक्र्सको २०१ औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूले कम्युनिस्ट आन्दोलनलाई उत्कर्षमा लगेर मुलुकलाई समाजवादी आन्दोलनमा पु¥याउन चाहेको बताए । उनले भने, ‘कार्यकर्ताले साथ दिन्छन् भने म अझै जंगल पस्न तयार…