‘रहर लागेकै भर’मा संविधान संशोधन हुँदैन : मन्त्री बाँस्कोटा

काठमाडौँ । सरकारले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने पुनः जनाएको छ । संविधान दिवसको अघिल्लो दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले औचित्य पुष्टि भएको अवस्थामा संविधान संशोधन हुने बताए । उनले भने, “कार्यान्वयनभन्दा पहिले संशोधनको हतारो किन भएको हो ?”  …