दुधको भाउ बढायो

आज बसेको मन्त्रिपरिषद्को बैठकले दूधको भाउ बढाउने निर्णय गरेको छ । बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पैसाबाट बढाएर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय गरेको बताइएको छ । दुधको भाउ भोलिदेखि प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढ्नेछ । सोहीअनुसार सहरी क्षेत्रका उपभोक्ताले प्याकेट र खुल्ला दुधको मूल्य पनि बढी तिर्नुपर्ने भएको छ…