काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा चितवन क्षेत्र नं-२ बाट प्रतिनिधिसभा सदस्य बदर हुने ठहर गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम् भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले गत माघ १३ गते गरेको फैसलाको पूर्णपाठ आज सार्वजनिक गर्दै उक्त ठहर गरेको हो…