सगरमाथा आरोहण : यो वर्ष सात नेपालीसहित १७ जनाको मृत्यु

काठमाडौँ । सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद घटनाको पनि सामना गर्नुपर्‍यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपत्ति नभईकनै १७ जनाको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु…