मधेसमा शीतलहरले अत्यधिक चिसो, जनजीवन प्रभावित

धनुषा । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ। मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ। शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपांगता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन्। चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको…