नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम स्तूपको उत्खननमा पुरातत्व अवशेषहरू भेटिएको छ । रामग्राम नगरपालिका–७ को उजैनीमा रहेको रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्दा त्यहाँ प्राचीन कालका संरचना भेटिएको हो। लुम्बिनी विकास कोषले रामग्राम नगरपालिकाको सहकार्यमा आज पत्रकार सम्मेलन गरेर उत्खननमा भेटिएका प्रमाणका बारेमा जानकारी गराएको छ । नोभेम्बर १ तारिखदेखि सुरु गरिएको उत्खनन्मा प्राचीन कालका विहारका विभिन्न…