सुशासन प्रवर्द्धन गर्न टिआई नेपालको ध्यानाकर्षण

काठमाडौँ । मुलुकमा सुशासन प्रवर्द्धनका लागि आवश्यक काम गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआई नेपाल) ले ध्यानाकर्षण गराएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा टिआई नेपालले आज जारी गरेको वक्तव्यमा अवैध सम्पत्तिको चलखेल, दण्डहीनता र कुशासनले देशलाई जर्जर बनाउँदै लगी असफल राष्ट्र बनाउन सक्नेतर्फ स्पष्ट शब्दमा संसद, सरकार र मुलुकका सबै राजनीतिक दलको बारम्बार ध्यानाकर्षण गराउँदै…