नेपाल

गौशाला-२६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फाँसीमा चढाइयोस् : सन्दीप लामिछाने

गौशाला-२६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फाँसीमा चढाइयोस् : सन्दीप लामिछाने


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशाला-२६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै सन्दीपले सम्बन्ध दोषी देखिए फासी नै चढाइयोस् भनेका हुन् ।

पछिल्लो समय उच्च अदालतमा उनले पुनरावेदन गरेको मुद्धाको सुनुवाई स्थगित हुदै आएपछि सन्दीपले सामाजिक सञ्जालमा आफु निर्दोष रहेको बताउदै आएका छन् ।

Advertisement

उनले कथित अभियन्ताहरूमाथि आक्रोशसमेत पोख्दै भनेका छन्- ‘तथाकथित अभियन्ताहरूलाई मेरो यो खुल्ला चुनौती हो, मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध, चाहे जबर्जस्ती वा अनुचित प्रभावबाट भएको होस्। तथ्य र प्रमाणले साबित गर्नुहोस् । म दोषी देखिन्छु भने फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दै पुग्दैन ।’

सन्दीपले आफ्नो पोष्टमा यो घटना कसैले नियोजित रुपमा गराएको आरोप समेत लगाएका छन् ।

उनले भनेका छन्- ‘यो घटनाको निर्दोष पात्र हुँ। मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ। त्यसमा तपाईँहरूको पनि सहभागिता छ। धेरै खोल्न बाँकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। वास्तबिक अनुहार आफैं निस्केला ।’