सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि सरोकार समितिको निर्देशन

काठमाडौँ । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकार र अन्तरमन्त्रालय समन्वय बढाउन सरकारलाई निर्देशन दिएको छ । सङ्घीयताको कार्यान्वयनका लागि सातै प्रदेशका सम्बन्धित निकाय र विज्ञसँगको छलफलका आधारमा तयार गरिएको अध्ययन प्रतिवेदनलाई समितिको आजको बैठकमा समीक्षापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिइएको हो । समितिका सभापति दिलकुमारी रावल…