काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालमा भ्रष्टाचार गरेर विदेशमा सम्पत्ति जम्मा गर्ने प्रवृत्ति अत्यधिक बढेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१र८२ माथिको छलफलका क्रममा प्रमुख आयुक्त राईले भ्रष्टाचारजन्य गैरकानुनी क्रियाकलापबाट पुँजी पलायन बढेको बताए…