काठमाडौँ । सांसद्हरूले पाथीभरामा केबलकार निर्माण तत्काल स्थगित गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सम्बोधन गर्दै उनीहरूले जनता लडाएर विकास निर्माण नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । राप्रपाका अध्यक्ष एवम् सांसद् राजेन्द्र लिङ्देनले जनताले केबलकार निर्माणका विषयमा प्रतिरोध गरिरहँदा पनि राज्य दमनमा उत्रिएको बताए । उनले भने, ‘पाथीभरा क्षेत्र अशान्त भइरहेको छ…