वैदिक सनातन एवं हिन्दु धर्मले ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई पालनकर्ता र शिवलाई संहारकर्ताको रूपमा अङ्गीकार गरेको छ । हिन्दु धर्मशास्त्रका अनुसार ब्रह्मा, विष्णु, महेश त्रिदेवहरु हुन् भने सरस्वती, लक्ष्मी र पार्वती त्रिदेवीहरु हुन् । यस धर्ममा आस्था राख्नेहरुले आ–आफ्नो मनवाञ्छित अभिलाषा बोकेर यिनै त्रिदेव र त्रिदेवीहरुका नाममा, व्रत, उपासना, पूजा–पाठ, विभिन्न धार्मिक अनुष्ठानहरु गर्ने गर्दछन् ।…