नेपालमै कलेजो प्रत्यारोपण गर्न सक्षम भयाैँ : डा भण्डारी

काठमाडौँ । नेपालमै अब कलेजोको सफल प्रत्यारोपण हुने भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा नेपालमै पहिलोपटक नेपाली चिकित्सकबाट कलेजोको सफल प्रत्यारोपण गरिएको हो। यसअघि भारतमा तथा नेपालमै पनि भारतीय चिकित्सकको सहयोगमा कलेज प्रत्यारोपण गर्ने गरिएकामा अब नेपालमै नेपाली चिकित्सिकले नै यो काम गर्ने भएका हुन्। अस्पतालका कलेजो प्रत्यारोपण युनिटका प्रमुख प्रा डा. रमेशसिंह…