काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाले आफ्नो संवैधानिक दायित्व र जिम्मेवारी इमानदारीपूर्वक वहन गर्दै आएको बताएका छन् । पूर्वन्यायाधीश फोरम नेपालको आठौँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कानुनी शासनको वर्तमान अवस्था विषयक कार्यक्रममा उनले कानुनको शासन मूलतः अनुभूति गर्ने विषय भएको विचार प्रकट गरे। प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सबैमा कानुनी शासनको परिपालन गर्ने संस्कारको विकास हुनुपर्छ…