काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रु पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा नौ दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव पाँच प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा…