विशेषको फैसला विरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसलाविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राजभण्डारीविरुद्ध रु ८० लाख ५२ हजारबराबरको भ्रष्टाचार गरेको अभियोगमा कैद सजाय र जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरेको थियो…