काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले भाषागत समावेशिताले सङ्घीयताको मर्मलाई सम्बोधन गरेको बताएका छन् । तामाङ पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको तामाङ मिडिया अवार्ड कार्यक्रममा उनले अरु क्षेत्रमा भन्दा सरकारी सञ्चार माध्यममा समावेशी नीति प्रभावकारी देखिएको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङका अनुसार राष्ट्रिय समाचार समिति(रासस), सार्वजनिक प्रसारण संस्था रेडियो नेपाल…