गृहमन्त्रीद्वारा प्रतिनिधिसभामा तीन अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा गृहमन्त्री सुधन गुरूङले तीन अध्यादेश पेस गरेका छन् । सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत उनले ‘नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गरेका हुन् । नेपालको संविधानको धारा ८४…