लोत्से मलमा भएको आगजनीबाट ३५ करोड बढीको क्षति

काठमाडौँ । काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा आगजनी हुँदा ३५ करोडभन्दा बढीको क्षति भएको छ । जेनजी प्रदर्शनका क्रममा यही भदौ २४ गते राति ९ः०० बजे लोत्से मलमा आगजनी भएको थियो । उक्त आगो भोलिपल्ट बिहान ५ः३० बजे नियन्त्रणमा आएको थियो । उक्त आगजनीबाट रु ३५ करोडभन्दा बढीको क्षति भएको लोत्से बहुउदेश्यीय प्रालिले जनाएको छ ।…