मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकी नेपाली महिलाको रोचक जीवन यात्रा –

अमेरिकी नेपाली महिलाको रोचक जीवन यात्रा –


(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो  स्तम्भ प्रारम्भ गरेका हौ  – सम्पादक )
 
नेपाली मूलका महिला अमेरिकी राजनीतिको मूलधारमा सशक्त उपस्थिति जनाउन सक्छन् भनेर धेरैले पत्याउदैनन् । त्यस्ता धेरै संभावना र यथार्थताबाट अनभिज्ञ नेपाली समाज अमेरिकामा कायमै रहेको बेला जर्जियाकि एउटी नेपाली महिलाले सन् २०१४ मा गजबको छलाङ्ग मारिन् राजनीतिमा । प्राय नेपालकै घरेलु राजनीतिको फोहोरमा रमाउने बानी परेको यहाँको नेपाली समाज , ती महिलाको सक्रियता र साहसबाट कति उत्प्रेरित भयो ? थाहा पाउन समय लाग्ला । तर अमेरिकी मूलधारको राजनीतिमा अब उनी  नेपाली महिलाहरुकि स्थापित प्रतिनिधि पात्र भैसकिन् ।
 
 सन् २०१४ मा जर्जियाको डिस्ट्रिक  ९५ बाट डेमोक्र्याटिक पार्टीको तर्फबाट राज्य प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार बनेकि डा. अमॢता ३७ प्रतिशत मत ल्याएर "रेड स्टेट"-को रेड प्रतिद्वन्दिसंग पराजित भइन् । एउटी आप्रवासी महिलाले रिपब्लिकन राज्यमा प्राप्त गरेको त्यो मत भने आंफैमा गहकिलो र उत्साहप्रद थियो ।
 
ती प्रतिनिधि पात्र  डा. अमॢता रेग्मीसंग  दुईहफ्ता अघिमात्र  भेटेर अन्तरङ्ग कुरा गर्ने मौका मिल्यो एटलान्टामा । यो पंक्तिकारसंग उनले आफ्नो जीवन यात्राका विभिन्न मोडका आरोह अवरोहहरु बाँडिन् । आफ्नो सक्रियता र प्रेरणाका कथाहरु बताइन् । 
 
को हुन् अमॢता ? 
 
 
 
काठमाण्डु डिल्लीबजार, कालिकास्थानको  शिक्षित संभ्रान्त  परिवारमा जन्मिने सौभाग्य मिल्यो अमॢतालाई । प्रारम्भिक शिक्षा नै उनले सेन्टमेरिज स्कुलबाट पुरा गरिन् । सिनियर क्याम्ब्रिज सकेर सन् १९७७ मा अमॢता पुल्चोकको इन्जिनियरिङ् कलेज पुगिन् । उनको शैक्षिक यात्रा त्यतिमै थामिएन , इन्टेरियर डिजाइन पढ्न दिल्लीको पोलिटेक्निक विश्वविध्यालय भर्ना भइन् । उनको लगन र दॢढ इच्छा शक्तिले सबैतिर सफलता मिल्दै गयो । 
 
उनलाई त्यतिले के चित्त बुझ्थ्यो ! अझै उच्च शिक्षा प्राप्त गर्ने लालसाले उनी अमेरिका आइपुगिन् । जर्जियाको Brenau University बाट सन् १९९६ मा MBA गरिन् अमॢताले । उनको शैक्षिक यात्रा अविराम रह्यो , फोर्ड फाउन्डेसनको सहयोगमा नेदरल्याण्डको Wagenigen University बाट Enviromental Science मा Ph.D.गरिन् । 
 
UNDP,UNICEF र USAID मा काम गरेर आफ्नो विशेषता प्रमाणित गरिसकेकि अमॢताले World Bank मा Consultant को रुपमा दक्षता देखाइसकेकि छिन् । 
 
चर्चित अमेरिकी बैंक Wells Fargo मा सन् २०१५ , डिसेम्बरदेखि  संलग्न अमॢता अहिले त्यही बैंकमा Personal Banker SAFE को भूमिकामा सक्रिय छिन् । 
 
अमॢता आफ्नो मातॢभाषासहित अंग्रेजी , इस्प्यानिस , इन्डोनेसियन र हिन्दीमा पोख्त छिन् । उनका प्रकाशनहरु उत्तिकै खारिएका छन् । नेपालको जलविध्युत सम्बन्धी खोजपूर्ण सामाग्री समेटिएको  उनको किताब  Democratizing Micro-Hydel:Structures, Systems and Adaptive Technology in the Hills of Nepal  नेपालकालागि निक्कै उपयोगी रहेको जानकारहरु बताउँछन् । 
  
अमेरिकी लगाव 
 
सन् १९९० मा अमेरिका पढ्न हानिएकी अमॢता रेग्मीले त्यसपछि पछाडि फर्किनु त परेन तर कठिन परीश्रम र संघर्षसंग जुध्नु पर्यो । सायद त्यहि परीश्रम र संघर्षको प्रतिफल हुन् आजकी अमॢता । 
 
MBA  पढ्दा राती १२० माइलको सडक यात्रा गर्नु पर्थ्यो । बच्चाहरु स्यानै हुनाले दिनभरि हेरचाह गरेर बस्नु पर्ने , साँझपख मात्रै उनलाई फुर्सद मिल्थ्यो । तर कलेज धेरै टाढा । अमॢताको हिम्मत र लगनको अघाडि  त्यति लामो दुरीले कुनै अर्थ राखेन , छिचोलेरै छोडिन् । 
 
 ग्रेटर एटलाण्टामा  सफल बैंकर ,  आशलाग्दो  राजनीतिक व्यक्तित्व  र सामाजिक अभियन्ताको परिचय बनाइसकेकि अमॢता रेग्मीलाई अचेल अमेरिका नै आफ्नो प्यारो घर भएको छ । 
आफ्ना सन्तानको ममताले यतैतिर तान्ने गर्छ , परिवार भन्दा अलग सोच्ने कुरा पनि त आएन – उनले यसो भनिरहंदा अमेरिकासंगको उनको लगाव बुझिन्थ्यो । 
 
त्यसो त अमेरिकि भूमीले अमॢतालाई धेरै दिएको छ । राजनीतिको मूलधारमा सक्रियताको अवसर दिएको छ , एउटी आप्रवासी महिलालाई शीर उचालेर हिड्नसक्ने गर्विलो वातावरण दिएको छ , अरु के चाहियो र ! 
 
पारिवारिक पॢष्टभुमि र आफ्नो संघर्षको बलबुतामा जीवनको यो मोडमा आइपुग्दा अमॢता अझै खारिएकि , माझिएकि अनि देशदेशान्तर बुझेकि सशक्त व्यक्तित्व लाग्छ । उनको बुझाइमा अमेरिकाले सबैलाई अवसर दिन्छ , त्यसलाई कस्ले कुनरुपमा उपयोग गर्नसक्छन् , सफलताको कसी पनि त्यही अनुकुल हुन्छ । 
 
उनीमा क्षमता देखेरै डेमोक्र्याटिक पार्टीले उम्मेद्वार बनायो , त्यो पनि राज्यको प्रतिनिधिसभा सदस्यकोलागि । चुनावमा जीतहार एउटा पक्ष हो , तर उनले प्राप्तगरेको मतलाई कसैले कम आँक्न मिल्दैन । 
 
आमा र हजुरआमाबाट प्रेरणा 
 
अमॢताको मावली नेपाली काँग्रेसका नेता स्व. सुर्यप्रसाद उपाध्यायसंग गाँसिएको छ । सानैदेखि मामाघर र आफ्नो घरको  राजनीतिक वातावरण देखेरै उनी हुर्किन् । आमा र हजुरआमाले भोगेको संघर्षका दिनहरु देखिन् । हजुरआमा २४ वर्षमै विधवा हुनुभएको थियो । आफ्नै आँखा अघाडि ३९ वर्षीय आमा विधवा भएको मार्मिक क्षण अमॢताको जीवनको नबिर्सने घाउ हो ।
 
त्योबेला नेपाली  महिलाहरुले  भोगिरहेको  विभेदकारी  सामाजिक ,  सांस्कृतिक र आर्थिक अवस्था अनि त्यस्तो विषम वातवरणमा आफ्नी आमा र हजुरआमाले देखाएको अदम्य साहसले अमॢतालाई पनि समस्याहरुसंग लड्नसक्ने बलियो प्रेरणा दियो । 
 
विधवा हजुरआमा कोठाभित्र बसेर घण्टौं किताब पढिरहनु हुन्थ्यो । उहाँको ओजस्विलो व्यक्तित्वको अघि सबै फिका लाग्थे अमॢतालाई । आमा त्यस्तै संघर्षशील । आमा र हजुरआमाले समाजको विभेदकारी चलन विरुध्द खेलेको भूमिका र उनीहरुका  संघर्षका कथाहरु सुन्दासुन्दै , हेर्दाहेर्दै अमॢतामा दॢढ आत्मविश्वास र इच्छाशक्ति जागिसकेको थियो । शायद त्यसैको प्रतिफल आज उनी अमेरिकी राजनीतिको मूलधारमा सक्रिय छिन् । 
 
आफ्नो ग्रीनकार्ड त्यागेर आमा नेपाल फर्केको सन्दर्भ उनी बारम्बार उल्लेख गर्छिन् । तत्कालिन राष्ट्रपति जर्ज बुशले ग्रीनकार्ड हुनेहरु छ महिनाभन्दा बढी अमेरिका बाहिर बस्न नपाउने नयाँ कानुन लागु गरेपछि अमॢताकि आमा त्यो नियमसंग असहमत हुंदै ग्रीनकार्ड त्याग्ने आँट गरिन् । तर छोरी र नातिहरुको मायाले आमालाई बेलाबेला अमेरिकाले तान्ने गर्छ । कुनैबेला अमॢता आफैं नेपाल पुग्छिन् आमा भेट्न । 
 
सजिलो छैन तर पनि रमाइलो लाग्छ राजनीति
 
जीवनको सबैभन्दा खुसी र रमाइलो के लाग्छ ? यो पंक्तिकारको जिज्ञासामा अमॢताको सरल उत्तर आउँछ- राजनीति । 
 
उनी आफैं स्वीकार्छिन् सजिलो छैन यहाँको राजनीति गर्ने काम । तर लगन , इमान्दारी र आत्मविस्वास भएपछि त्यो रमाइलो र आत्मसन्तोषको विषय हुन्छ । धेरै सङ्ग्लो छ यहाँको राजनीति । नैतिक मुल्य र मान्यताको संहिताले धेरै हदसम्म प्रभावित गर्छ राजनीतिमा लाग्नेलाई । 
 
अमॢताले दुईवर्षसम्म आफ्नो काम नै छोडेर चुनावको प्रचारप्रसारमा लागिन् । आफ्नो चुनाव क्षेत्रमा तीनहजार घरमा पुग्नुपर्थ्यो । उनले १६ सय मात्रै भ्याइन् । रिपब्लिकनको बलियो पकड  भनेर मानिने जर्जियाको डिस्ट्रिक ९५ मा उम्मेद्वार बन्ने आँट गरिन् । 
 
गोराहरुले अधिकतम सहयोग गरे चुनावमा । तर अन्य समुदायले भनेजस्तो सहयोग गरेनन्,  धेरैजना मतदान गर्न निस्केनन् । – तीतो अनुभव छ उनको । तापनि अमॢताले ३७ प्रतिशत मत ल्याइन् । 
 
भोट माग्न जाँदा एउटा घरमा बन्दुक देखाएर तर्साएको घटनाले उनलाई सधैं घोच्ने गर्छ । 
 
शारिरिक र मानसिक तनाव त हुन्छ नै कुनैबेला तर त्यसो भनेर भाग्ने कुरा त भएन – अमॢताले यसो भनिरहँदा राजनीतिबाट टाढा नजाने उनको आत्मविश्वास अनुहारमा प्रष्ट देखिन्थ्यो । 
यहाँको शिक्षा ,स्वास्थ्यजस्ता सामाजिक र आर्थिक अवसरहरुमा आफ्नो पहुँच र परिचय बनाउन नेपालीहरुले मुलधारको राजनीतिमा सक्रिय हुन जरुरी भैसकेको बुझाइ छ डा. अमॢताको ।
 
अब पनि नेपालको राजनीति र त्यहाँको पार्टीहरुको पछि लागेर समय बर्बाद गर्नुभन्दा यतैको राजनीतिक मुलधार समात्न नेपाली अमेरिकीहरुले ढीलो गर्नु हुन्न – उनको सुझाव छ ।
 
(हेरौं डा. अमॢता रेग्मीसंगको थप भिडियो वार्ता)