नेदरल्याण्ड क्रिकेटको इतिहास र अनुभवका आधारमा नेपाल भन्दा धेरै अगाडी रहेको देश हो । त्यहाँ १९ औ शताब्दिदेखि नै क्रिकेट खेल्ने गरिन्थ्यो । जहाँ अहिले ६ हजार जति क्रिकेटर रहेको ठानिन्छ ।
त्यहाँ रोयल डच क्रिकेट एशोसिएसनका नाममा सन् १८८३ मै स्थापना भएको हो । नेदरल्याण्डले १९९६, २००३, २००७ र २०११ मा क्रिकेटको विश्वकप खेलिसकेको छ । नेदरल्याण्डसँग इग्ल्याण्डलाई पनि हराएको अनुभव छ । आज नेपाली समय अनुसार बेलुका पौने ९ बजे शुरु हुने खेलमा नेदरल्याण्डको कप्तानी गर्ने पिटर विलियम बोरेनले २००२ मै ट्वाण्टी ट्वाण्टी विश्वकप खेलिसकेका छन् ।

यतिमात्र होइन उनीसँग इग्ल्याण्ड र श्रीलंका जस्ता देशसँग पनि क्रिकेट खेलेको अनुभव छ ।
अहिलेसम्मको भेटको कुरा गर्दा एकदिवसीय खेल नेपाल र ट्वाण्टी ट्वाण्टी नेदरल्याण्डको पक्षमा छ । डिभिजन टू को प्रतियोगितामा नेपालले नेदरल्याण्डलाई हराएको थियो भने यसअघिका दुईवटै ट्वाण्टी ट्वाण्टी भेटमा नेदरल्याण्ड विजयी भएको छ ।
प्रतिक्रिया