नेपाल

बाढीमा फसेका ११४ जनाको नेपाली सेना र निजी क्षेत्रबाट हवाई उद्धार

बाढीमा फसेका ११४ जनाको नेपाली सेना र निजी क्षेत्रबाट हवाई उद्धार


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ ।

नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनालाई उद्धार गरेका छन् ।

Advertisement

नेपाली सेनाका अनुसार टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूलीबाट काठमाडौँ ३ जनाको उद्धार गरिएको छ ।

त्यसैगरी निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूले पनि बाढी प्रभावित क्षेत्रबाट उद्धारलाई तीव्रता दिएका छन् । कैलाश हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ५ जना, सिम्रिक हेलिकप्टरले रसुवाबाट ३ जना र अन्नपूर्ण हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ४ जनाको उद्धार गरेको छ ।

यस्तै, प्रभु हेलिकप्टरले रसुवाबाट टिचिङ अस्पतालमा ५ जना, सिम्रिकले रसुवा–टिचिङ अस्पतालमा २ जना, फिसटेलले ५ जना र एभरेष्ट हेलिकप्टरले २ जनालाई रसुवाबाट टिचिङ अस्पताल पुर्‍याएका छन् ।

प्रभु हेलिकप्टरले थप २ जनालाई रसुवाबाट वीर अस्पतालमा उद्धार गरेको छ ।

भोटेकोशीमा आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकप्टर उद्धारमा परिचालन भएका छन् । प्रभावित क्षेत्रमा फसेका तथा जोखिममा रहेका नागरिकको उद्धार कार्य जारी रहेको छ ।