नेपाल

समयमै न्याय दिलाउने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व : प्रधानन्यायाधीश

समयमै न्याय दिलाउने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व : प्रधानन्यायाधीश


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय माग्न अदालत पुग्ने नागरिकलाई समयमै न्याय दिलाउने वातावरण निर्माण गर्न सबैको साझा दायित्व रहेको बताएका छन् । न्याय सम्पादनमा बार र बेञ्चको अझै महत्त्वपूर्ण भूमिका रहने भनाइ प्रधानन्यायाधीश डा.शर्माको छ ।

तनहुँ जिल्ला अदालत बार एकाइले आइतबार (भदौ ७) दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका हुन् ।

Advertisement

न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । “न्याय सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक छ,” प्रधानन्यायाधीश शर्माले भने, “बार र बेञ्चबीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव छ ।”

न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको समेत प्रधानन्यायाधीश डा. शर्माले बताए ।

यस्तै, न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने भनाइ समेत प्रधानन्यायाधीश शर्माले राखेका छन् । “न्याय माग्न अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण निर्माण गर्नु न्याय क्षेत्रसँग सम्बन्धित सबैको साझा दायित्व हो,” उनले भने ।

उक्त कार्यक्रममा वरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेले न्यायपालिकाको गरिमा र स्वतन्त्रता कायम राख्न बार–बेञ्चबीच निरन्तर संवाद र सहकार्य हुनुपर्ने बताए ।