राजनीति-समाज

प्रधानमन्त्री बालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

प्रधानमन्त्री बालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

मुस्ताङ । प्रधानमन्त्री बालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्रीले आज साँझ मुक्तिनाथको दर्शन गरेका हुन्।

शुक्रबार काठमाडौंबाट निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेका थिए। बेनी-जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आएका प्रधानमन्त्री शाह घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बसेका थिए।

Advertisement

सडकमार्ग हुँदै मुस्ताङ आउनुभएका प्रधानमन्त्री शाह होटल ओम्स होममा साँढे तीन घण्टा आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका थिए। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएको बताए।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री शाह शनिबार साँझ ७ः३० बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गरेको बताए। व्यवस्थापक भुसालका अनुसार प्रधानमन्त्रीले साँझ ८ः०० बजेसम्म मन्दिरमा रहेर पुजाअर्चना गरेका थिए।

प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी समक्ष टीका र प्रसाद ग्रहण गरेका छन्।