काठमाडौँ । सरकारले सञ्चारमाध्यमका कार्यालय प्रवेश मार्गमा सवारी साधन राखेर अवरोध सिर्जना गर्ने व्यक्तिहरूको पहिचान प्रक्रिया अघि बढिरहेको जनाएको छ ।
मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त घटनामा सरकारको संलग्नता रहेको आरोप अस्वीकार गरेका छन् ।
उनले नेपाल प्रहरीमार्फत घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जानकारी दिए । प्रहरी संयन्त्रले निष्पक्ष रूपमा अनुसन्धान गरिरहेको भन्दै उनले सरकारको निर्देशनमा कसैलाई संरक्षण वा लक्षित नगरिने स्पष्ट पारे ।
मन्त्री पोखरेलले घटनामा जुनसुकै राजनीतिक दल वा समूहसँग आबद्ध व्यक्ति संलग्न भए पनि प्रमाणका आधारमा कानुनी कारबाही गरिने बताए ।
उनले सार्वजनिक स्थानमा अवरोध सिर्जना गर्ने कार्यमा संलग्न व्यक्तिको पहिचान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायले प्रक्रिया अघि बढाइरहेको जानकारी दिए ।












प्रतिक्रिया