चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार साँझ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको छ, सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध बनेको छ,” सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ ।
मेसिन सम्बन्धित स्थानमा पुगिसकेको भए पनि निरन्तर ठूलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको जनाइएको छ । “मेसिन सम्बन्धित स्थानमा पुगिसकेको भए पनि निरन्तर ठूलो वर्षाको कारण पहिरो हटाउन समस्या भइरहेको छ । सडक अवरुद्धका कारण रोकिएर बसेका सवारीसाधनहरू सुरक्षित स्थानतर्फ रहनुहुन आग्रह गरिन्छ,” सडक डिभिजन भरतपुरका सडक सुपरभाईजर ईश्वर क्षेत्रीले भने ।
निरन्तर वर्षा भैरहेकोले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न अनुरोध गरिएको छ ।












प्रतिक्रिया