खेलकुद

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलअन्तर्गत सम्पन्न खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै २०१० को च्याम्पियन स्पेनले सेमिफायनलमा स्थान बनाएको हो।

स्पेनको जितमा मिकेल मेरिनो नायक बने। वैकल्पिक खेलाडीको रुपमा मैदान छिरको केही मिनेटमै उनले गोल गर्दै स्पेनलाई सेमिफाइनलमा पुर्याए।

Advertisement

खेलको ३० औं मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। ४१ औं मिनेटमा चार्ल्स डी केटेलारले गोल गर्दै बेल्जियमलाई १–१ को बराबरीमा ल्याए। त्यसपछि खेलको अन्त्यतिर ८८ औं मिनेटमा मेरिनोले गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए।

यसअघि अन्तिम १६ को खेलमा पनि मेरिनोले पोर्चुगलविरुद्ध इन्जुरी समयमा गोल गर्दै स्पेनलाई क्वाटरफाइनलमा पुर्याएका थिए।

स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ। बेल्जियमको यात्रा भने क्वाटरफाइनलबाट सकिएको छ।