नेपाल

जलनबाट घाइते युवा नेपालीको निधन

जलनबाट घाइते युवा नेपालीको निधन


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेका अवस्थामा केहीबेरअघि निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले पुष्टि गरे ।

Advertisement

सो अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालले निरन्तर रुपमा अथक प्रयास गरे पनि बिहान ११ः१९ बजे नेपालीको निधन भएको जानकारी दिए । डा दाहालले भने, “उहाँको जीवनरक्षाका लागि चिकित्सक, अस्पताल, प्रशासन र सरकारले बिहीबारदेखि निरन्तर प्रयास गर्‍यो तर बचाउन सकिएन, उहाँको शरीर गम्भीररुपमा जलेको थियो ।”

सरकारले जलनबाट घाइते नेपालीको उपचारमा विशेष चासो राखेपछि संयोजक डा दाहालको नेतृत्वमा प्लास्टिक विभाग, क्रिटिकल केयर, एनेस्थेसिया र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सकीय टोली खटिएको थियो ।

यसअघि सो अस्पतालले पत्रकार सम्मेलन गरी शरीरको करिब ५५ प्रतिशत भाग जलेको नेपालीको स्वास्थ्यावस्था गम्भीर रहेको जानकारी दिँदै विशेष टोलीको व्यवस्थासहित ज्यान जोगाउन अथक प्रयास गरे पनि सम्भव नभएको बताएको थियो ।

नेपाल सरकारले थप उपचारका लागि एयर एम्बुलेन्सको व्यवस्थासहित भारत लैजाने तयारी पूरा गरे पनि चिकित्सकहरुले उनको अवस्था निकै जटिल रहेकाले तत्काल सघन उपचार कक्षबाट निकाल्न नहुने सुझाव दिएपछि नयाँदिल्लीस्थित एम्स अस्पताल लैजान नसकिएको हो ।

राज्यका तर्फबाट प्राथमिकता दिँदै उनको उपचार व्यवस्थापनमा गृहमन्त्री सुदन गुरुङसहित प्रधानमन्त्री वालेन्द्र शाह सचिवालयका सदस्यहरूसमेत अस्पतालमा खटिएका थिए ।