काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६को खेलमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ । यस जितसँगै नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
रोमाञ्चक प्रतिस्पर्धामा नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्ड नायक बने । उनले ७९औँ र ९०औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए । ब्राजिलका लागि इन्जुरी समयको ९०ं१०औँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
यस खेलसँगै हालान्डले जारी विश्वकपमा आफ्नो गोल संख्या ७ पुर्याएका छन्। उनी गोल्डेन बुटको दौडमा अर्जेन्टिनाका लियोनेल मेसी र फ्रान्सका किलियन एम्बाप्पेसँग संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन् ।
अब नर्वेले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यता, पाँच पटकको विश्वविजेता ब्राजिलको विश्वकप यात्रा भने अन्तिम १६ बाटै समाप्त भएको छ ।












प्रतिक्रिया