खेलकुद

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डिआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।

डिआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कंगोले लियो ।

Advertisement

खेलको ७औँ मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७५औँ मिनेटमा डिआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । खेलको ८६औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । यस हारसँगै कंगो बिश्वकपबाट बाहिरिएको छ ।