राजनीति-समाज

ड्यालसमा राधिका दासीको एक दिवसीय सत्सङ्ग

ड्यालसमा राधिका दासीको एक दिवसीय सत्सङ्ग


शेयर गर्नुहोस:

432
Shares

  • change font
  • change font

ड्यालस (अमेरिका) । पुराणवाचक महिलाका रुपमा पछिल्लो समयमा ख्याति आर्जन गरिरहेकी राधिका दासीको उपस्थितिमा आइतबार टेक्ससको ड्यालसमा सञ्चालित सत्सङ्गमा उल्लेख्य रुपमा भक्तजनहरुको सहभागिता रह्यो ।

आइतबार बिहान १०ः०० बजे सुरू भएर साँझ ५ः०० बजे समापन भएको एक दिवसीय सत्सङ्गमा विशेषरूपमा महिलाहरु एकाग्र भएर कथा श्रवण गरेका थिए । उनले नेपालभन्दा बाहिर रहेर पनि हिन्दु धर्म संस्कार र संस्कृतिका लागि टेक्ससको नेपाली समुदायले गरेको कार्यप्रति प्रशंसा व्यक्त गरेकी थिइन् ।

Advertisement

सहभागीहरुले एक दिवसीय मात्र नभएर सप्ताहव्यापी पुराणसमेत राधिका दासीबाट सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए । टेक्ससमा यसअघि पुरुष कथावाचक पण्डितहरुबाट सप्ताह, नवाह महापुराण सञ्चालन भएता पनि पहिलो पटक महिला कथावाचिकाद्वारा आयोजना भएका यो कार्यक्रममा उल्लेख्य रूपमा सहभागिता थियो ।

सत्सङ्गमा कार्यक्रममा नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेपाली समाज टेक्ससका अध्यक्ष विजय भूषाल लगायतले धर्म, संस्कृतिको सम्वर्द्धनमा समाजका सबैको सहयोगको आवश्यकता रहेकोमा जोड दिएका थिए ।

दासी केही वर्षयता महिला पुराणवाचकका रुपमा नेपाल र नेपाल भन्दा बाहिर सनातन हिन्दु समुदाय भएका देशहरुमा निकै लोकप्रिय कथावाचकका रुपमा लोकप्रिय छन् । उनलाई नेपाल सरकारले ‘भागवत मञ्जरी’को उपाधिसमेत दिएको छ ।

पछिल्लो समयमा नेपाल र नेपाल बाहिरसमेत महापुराणका लागि राधिकाको माग बढिरहेको छ । केही समय अघिमात्र जापानमा महापुराण लगाएकी उनले गत सातामात्र क्यालिफोर्नियाको लसएञ्जलसको पशुपतिनाथ मन्दिरमा महापुराण सम्पन्न गरेकी हुन् ।

आउँदो साता अमेरिकामा रहेका भुटानी हिन्दु समुदायले आयोजना गर्न लागेको सप्ताहको पनि प्रमुख वाचकका रुपमा उनी सहभागी हुँदैछिन् ।

कोशी प्रदेशको मोरङ रमाइलो बयरवनको नेपाल परिवारमा जन्मिएकी राधिका दासीले भारतको वृन्दावनमा अध्ययनपश्चात भागवत कथावाचन सुरू गरेकी हुन् ।