मुख्य समाचार

जनताको हितविपरीत कमजोरी गरेका छैनौँ : अध्यक्ष ओली

जनताको हितविपरीत कमजोरी गरेका छैनौँ : अध्यक्ष ओली


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितविपरीत गएर आफूहरूले गल्ती कमजोरी नगरेको बताएका छन् । उनले जनतामा अनावश्यक भ्रम छरिएको टिप्पणी गरे ।

अध्यक्ष ओली भने, “हामीले गलत काम गरेर, देशकाविरुद्ध काम गरेर विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, बढेको होइन ।” आफ्नो पार्टीको नीति तथा कार्यक्रम र सही र समसामयिक भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने आवश्यकता औँल्याए ।

Advertisement

कार्यगत एकताका माध्यमबाट अगाडि बढ्नुपर्ने धारणा राख्दै उनले राजनीतिक, सामाजिक, आर्थिक, सामाजिक क्षेत्रमा एमालेले सही नीति निर्धारण गरेका दाबी गरे । अध्यक्ष ओलीले जनताको बहुदलीय जनवाद (जबज)लाई समयानुकूल बनाइँदै लैजाने धारणा राखे ।

अध्यक्ष ओलीले भने, “समृद्धिसम्म हाम्रो यात्रा हो । हाम्रो यात्रा समृद्ध नेपाल सुखी नेपालीसम्मको हो । हाम्रो गन्तव्य ठीक छन् ।” रचनात्मक र शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ अगाडि बढ्ने र धुलो टकटक्याउँदै उठ्ने उनको भनाइ थियो । फा

उण्डेशनले वर्ष २०८२ को ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक रमेश रुछेन राईको कृति ‘श्वेतशार्दूल’ लाई प्रदान गरियो । पुरस्कारको राशि रु दुई लाख रहेको छ ।