मुख्य समाचार

रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति

रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविजविरुद्धको खोपको अभाव नभएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको बताए ।

उनले सरकारसँग प्रर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताए । “हामीसँगै धेरै मात्रामा खोप छैन । बिरामीलाई आकस्मिकरूपमा लगाउनका लागि खोप छ”, उनले भने, “चाँडै नै टेण्डर प्रक्रियाबाट खोप आउँदैछ ।”

Advertisement

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले नयाँ पाँच हजार भाइल खोप ल्याउनका लागि टेण्डर आह्वान भइसकेको जानकारी गराए । गत माघ, चैत र जेठमा तीन पटक टेण्डर आह्वान गरेर नआएपछि पुनः टेण्डर गरेर खोप ल्याउने प्रक्रिया सुरु गरिएको बताए ।

कुकुर, बिरालो र बाँदरजस्ता जनावरले टोकेपछि रेविजविरुद्धको खोप लगाउनुपर्दछ । उहाँका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले दुई तीन दिनभित्र चार हजार ५०० भाइल खोप उपलब्ध गराउने बताए ।

केही समयअघि मात्र आकस्मिक उपचारका लागि डब्लुएचओले पाँच हजार भाइल खोप उपलब्ध गराएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोलाले अस्पतालमा आउने बिरामीलाई रेविजविरुद्धको खोप लगाइरहेको बताए ।

“अस्पतालमा रेविजविरुद्धको खोप लगाउने आउने सबै बिरामीलाई हामीले खोप लगाइरहेका छौँ”, उनले भने, “हाम्रो अस्पतालमा रेविजविरुद्धको खोपको अभाव छैन ।” उनका अनुसार अस्पतालमा दैनिक १८० जना रेविजविरुद्धको खोप लगाउने आउने गर्दछन् ।

अस्पतालका मेडिकल अभिलेख शाखा प्रमुख समीरकुमार अधिकारीले यही आर्थिक वर्षममा मात्र ५५ हजार ७५९ जना बिरामीलाई रेविजविरुद्धको खोप लगाइएको छ । आव २०८०–८१ मा ६३ हजार ८१५ जना, आर्थिक वर्ष २०८१–८२ मा ४७ हजार ५८६ जनालाई रेविजविरुद्धको खोप लगाइएको छ ।