अमेरिका समाचार

राधिका दासीको एक दिवसीय सत्सङ्ग ड्यालसमा हुँदै

राधिका दासीको एक दिवसीय सत्सङ्ग ड्यालसमा हुँदै


शेयर गर्नुहोस:

135
Shares

  • change font
  • change font

ड्यालस (अमेरिका) । पुराणवाचक महिलाका रुपमा पछिल्लो समयमा ख्याति आर्जन गरिरहेकी राधीका दासी आउँदो आइतबार ड्यालसको पशुपतिनाथ मन्दिरमा आउने भएकी छन् ।

मन्दिर कार्यसमिति अध्यक्ष सीता बस्नेत सापकोटाका अनुसार आइतबार मन्दिरमा एक दिवसीय आध्यात्मिक सत्सङ्ग कार्यक्रम दासीले सञ्चालन गर्नेछिन् । कार्यक्रममा समस्त नेपाली हिन्दु तथा बौद्ध समुदायलाई सहभागिताका निम्ति उनले आग्रह गरेक िछन् ।
दासी केही वर्षयता महिला पुराणवाचकका रुपमा नेपाल र नेपालभन्दा बाहिर सनातन हिन्दु समुदाय भएका देशहरुमा निकै लोकप्रिय कथावाचकका रुपमा लोकप्रिय छन् ।
गत साता अमेरिकाको क्यालिफोर्नियाको लसएञ्जलसमा आयोजित सप्ताह महापुराण समापनपश्चात जुन २८ तारिक आइतबार टेक्सस आउनुहुने कार्यक्रम तय भएको छ ।

Advertisement

‘म दिनभरि नै ड्यालसको पशुपतिनाथ मन्दिरमा सत्सङ्ग सञ्चालनमा हुनेछु । यो कार्यक्रममा टेक्ससमा रहेका समस्त भक्तजन, आध्यात्मिक व्यक्तित्वहरुलाई सहभागिताका लागि म आमन्त्रण गर्दछु’, दासीले अनुरोध गरेकी छन् । कोशी प्रदेशको मोरङ्ग रमाइलो बयरवनको नेपाल परिवारमा जन्मिएकी राधिका दासीले भारतको वृन्दावनमा अध्ययनपश्चात् भागवत कथावाचन सुरू गरेकी हुन् ।