मुख्य समाचार

चितवनबाट अपहरित किशोरको सकुशल उद्धार, पाँच भारतीय पक्राउ

चितवनबाट अपहरित किशोरको सकुशल उद्धार, पाँच भारतीय पक्राउ


शेयर गर्नुहोस:

378
Shares

  • change font
  • change font

भरतपुर । चितवनबाट अपहरणमा परेका किशोरको प्रहरीले काठमाडौँमा सकुशल उद्धार गरेको छ ।

चितवनको नारायणगढबाट सोमबार साँझ १६ वर्षीय एक किशोरको अपहरण गरिएको थियो । ५–६ जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए । उनीहरूले चितवनबाट किशोरलाई अपहरण गरेर काठमाडौंमा लगेका थिए । काठमाडौंको एक होटेलमा बन्धक बनाएर उनका परिवारजनसँग रकम माग गरेको प्रहरीले जनाएको छ ।

Advertisement

‘किशोरलाई अपहरण गरी उनका परिवारसँग रकम मागेको सूचना हामीकहाँ आएको थियो । त्यसपछि खोजतलास गर्दा बसपार्कको एक होटेलमा बालकको उद्धार गरेका हौँ’, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने । अपहरणमा संलग्न रहेको आरोपमा पाँच जना भारतीय पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा भारतको विहारका सुजित कुमार, गोलु कुमार, बिक्की कुमार, मोहम्मद साहिद र गोलु कुमार रहेका छन् । घटनामा संलग्नहरूको आपराधिक पृष्ठभूमिबारे अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।